कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

दसैंमा घर फर्कनेको लर्को

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — आज असोज पञ्चमी । काठमाडौंमा अस्थायी रुपमा बसोबास गर्नेहरु धमाधम घर फर्कन थालेका छन् । काम, व्यापार–व्यवसाय, शिक्षादिक्षा लगायतको सिलसिलामा काठमाडौंमा रहेका उनीहरु दसैं मनाउन घर फर्कन थालेका हुन् । दसैं नजिकिँदै गर्दा काठमाडौंबाट बाहिरिनेहरु बढेका छन् । बसपार्कहरुमा घर फर्कनेहरुको भीड बढेको पाइएको छ । दसैंको अवसर पारेर घटस्थापनादेखि पूर्णिमासम्म सार्वजनिक सवारीका लागि रुट परमिट खुला गरिएको छ । यातायात व्यवस्था विभागका अनुसार रुट परमिट खुला भएसँगै सार्वजनिक सवारीले दसैं अवधिभर जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान पाउनेछन् ।


प्रकाशित : आश्विन १४, २०७९ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्