कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

खाद्यले बेच्‍न थाल्यो खसीबोका

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि खसीबोका आजदेखि बेच्‍न सुरू गरेको छ । खाद्यका खसीबोकामा प्रतिकिलो ५० रुपैयाँसम्म सस्तो मूल्य तोकेको छ । कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीम थापाका अनुसार खसीको बिक्री मूल्य प्रतिकिलो ६ सय ८० रुपैयाँ तोकिएको छ । उक्त मूल्यमा १० रुपैयाँ छुट दिइनेछ । त्यस्तै, च्याङग्रो मूल्य १२ सय ६० रुपैयाँ निर्धारण गरिएको छ । प्रतिकिलो १० रुपैयाँ छुटसहित उपभोक्ताले १२ सय ५० रुपैयाँमा किन्न पाउनेछन् ।

चौपाया खरिद बिक्री सेवा संघले मंगलबार लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ८० देखि ७ सय १० रुपैयाँ तोकेको थियो । च्याङग्रा प्रतिकिलो १३ सय रुपैयाँ पर्ने संघले जनाएको छ । दसैंका लागि खाद्य कम्पनीसँगै व्यावसायिक संघ/संस्थाले पनि खसीबोका र च्याङ्ग्रा खरिद प्रक्रिया सुरु गरेका छन् । कम्पनीले दार्चुला, मकवानपुर लगायत स्थानबाट खसीबोका, च्याङ्ग्रा भित्र्याइरहेको छ भने व्यावसायिहरूले सल्यान, सुर्खेत, बैतडी, डडेलधुरा, मकवानपुर, रामेछापलगायत जिल्लाबाट खसीबोका ल्याउने तयारी गरेका छन् । सरकारले सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँ तोकेको छ । बुधबारदेखि बिक्री गर्ने गरी प्रतिकिलो ६८० रुपैयाँ निर्धारण गरिएकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतस्वरूप थप १० रुपैयाँ छुट दिएर ६७० रुपैयाँ तोकेको हो ।


प्रकाशित : आश्विन १२, २०७९ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्