फुटपाथका मोटरसाइकल उठाउँदै महानगर

संजोग मानन्धर

काठमाडौँ — काठमाडौं महानगरपालिका अन्तर्गत महानगर प्रहरी पछिल्लो समय अनधिकृत संरचना भत्काउने काममा सक्रिय देखिएको छ । विशेषगरी बालेन्द्र शाह महानगरको प्रमुखमा निर्वाचित भएपछि महानगर प्रहरीलाई नियम उल्लंघन भएका ठाउँमा सक्रिय रुपमा खटाइएको छ ।मंगलबार नियम विपरीत फुटपाथमा पार्किङ गर्ने मोटरसाइकल चालकहरू महानगर प्रहरीको निशानामा परेका छन् ।

दसैं लगायत चाडवाडमा बाक्लो भीड हुने गरेको असन क्षेत्रमा पैदलमार्ग नै छेकेर मोटरसाइकल पार्किङ गरिदिँदा पैदलयात्रुलाई हिँडडुल गर्न कठिनाइ हुने गरेको छ ।यस क्रममा त्यस्ता मोटरसाइकल चालकहरूलाई कारबाही गर्न मंगलबार दिउँसो फुटपाथ नै छेकेर पार्किङ गरिएका मोटरसाइकलहरूलाई महानगर प्रहरीको टोलीले गाडीमा राख्दै गरेको थियो । पछिल्लो समय सहरमा अनधिकृत रुपमा निर्माण गरिएका संरचना भत्काउने काममा पनि महानगर प्रहरी अग्रमोर्चामा खटिने गरेको छ ।


प्रकाशित : आश्विन ११, २०७९ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्