कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंघरमा राखियो जमरा

दीपक केसी

काठमाडौँ — नवरात्रको पहिलो दिन सोमबार घटस्थापनाको अवसरमा घरघरमा दसैंको जमरा राखिएको छ । दसैंको पहिलो दिन घटस्थापनाका अवसरमा घरघरमा जमरा राख्‍ने गरिन्छ । यही अवसरमा काठमाडौंको वसन्तपुरमा रहेको दसैं घरमा पनि जमरा राखिएको छ । नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै शनिबार बिहान १०: २३ को शुभसाइतमा जमरा राखिएको हो ।

बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दसैंघरमा जमरा रोप्ने गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दसैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ ।

महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिक कालदेखिको परम्परा छ ।नवरात्रको पहिलो दिन दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ ।


प्रकाशित : आश्विन १०, २०७९ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्

गुम्बामा एलिजाबेथको श्रद्धाञ्जली सभा

दीपक केसी

काठमाडौँ — बेलायती महारानी एलिजाबेथ द्वितीयाको सोमबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । उनको निधन भएको ११औं दिनमा बेलायत मात्रै नभएर विभिन्न देशमा उच्च सम्मानसाथ महारानी एलिजाबेथको श्रद्धाञ्जली सभा गरिँदैछ । यसै क्रममा काठमाडौंको बौद्धस्थित सेतो गुम्बामा महारानी एलिजाबेथ द्वितीयाको तस्बिर राखेर बौद्ध संस्कार तथा परम्परा अनुसार श्रद्धाञ्जली सभा गरिएको छ ।

गुम्बाभित्र भिक्षुहरूसहित नेपालस्थित बेलायती राजदूतावासका उच्चपदस्थ कर्मचारीहरू उपस्थित भएर महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सोमबार नै लन्डनस्थित वेस्टमिन्स्टर हलमा सार्वजनिक श्रद्धाञ्जलीको कार्यक्रम गरिएको छ । बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयाको सेप्टेम्बर ९ (भदौ २३) मा ९६ वर्षको उमेरमा निधन भएको हो । स्कटल्यान्डस्थित बालमोरल दरबारमा उनको निधन भएको थियो। महारानी एलिजाबेथको निधनप्रति दु:ख व्यक्त गर्दै नेपालमा पनि तीन दिन शोक मनाइएको थियो ।


प्रकाशित : आश्विन ३, २०७९ १५:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×