तस्बिरमा 'कान्तिपुर उज्यालो पूर्व'

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

विराटनगर — कान्तिपुर मिडिया ग्रुपले शनिबार प्रदेश १ मा आयोजना गरेको 'उज्यालो पूर्व'मा कार्यक्रममा प्रदेश १ को अर्थ-सामाजिक सामर्थ्यमाथि विभिन्न सत्रमा विज्ञहरुसँग छलफल भयो । तस्बिरमा हेर्नुहोस् 'कान्तिपुर उज्यालो पूर्व' :


प्रकाशित : आश्विन ८, २०७९ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्

राहत हस्तान्तरण गर्न नेपाली टोली पाकिस्तानमा [तस्बिरहरू]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

कराँची — प्राकृतिक विपद्‍मा परेको पाकिस्तानलाई राहत हस्तान्तरणका लागि नेपाल सरकारको टोली पाकिस्तान पुगेको छ । मंगलबार परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालको नेतृत्वमा उक्त टोली टोली कराँची पुगेको हो । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर परराष्ट्रमन्त्री नारायण खड्काले उक्त टोलीलाई बिदाइ गरेका थिए ।

यस क्रममा नेपाल सरकारले पाकिस्तानलाई २ करोड रुपैयाँबराबरको राहत सामग्री हस्तान्तरण गर्दैछ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले पाकिस्तानमा बाढीबाट प्रभावित नागरिकहरूलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्री दिने निर्णय गरेको थियो। यस वर्षको जुन १४ यता वर्षासँगै आएको बाढीका कारण पाकिस्तानमा १२ सयभन्दा बढीको मृत्यु भएको छ । शनिबार मात्रै पाकिस्तानमा बाढीले ५७ जनाको मृत्यु भएको थियो ।


प्रकाशित : भाद्र २८, २०७९ १६:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×