२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कबाडी गोदाम आगलागीमा ३ जना घाइते

तस्बिर : अंगद ढकाल

काठमाडौँ — ललितपुरको धोबीघाटस्थित एक कबाडी गोदाममा भएको आगलागीमा ३ जना घाइते भएका छन् । महानगरीय प्रहरी प्रभागका सानेपाका अनुसार घाइतेहरूलाई स्टार अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुर अस्पताल लैजाने तयारी गरिएको छ ।

घाइते हुनेमा ३० वर्षीय गणेश गुरुङ‚ ४० वर्षीय रामआशिष साह र ६४ वर्षीय शिवनारायण पदार रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई स्टार हस्पिटलको आईसीयूमा राखेर उपचार गरिँदै छ ।

प्रभागका असई प्रकाश रायमाझीका अनुसार कमला खत्रीको जग्गामा भारतीय नागरिक बच्चु साहले सञ्चालन गर्दै आएको कबाडी गोदाममा आगलागी भएको हो । आगलागीबाट गोदाममा भएका अधिकांश सामान जलेर नष्ट भएका छन् । अहिले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको पनि प्रहरीले जनाएको छ ।


प्रकाशित : आश्विन ५, २०७९ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्