१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

घरैघरको सहर काठमाडौं

तस्बिर/शब्द: प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — संघीय राजधानी काठमाडौं जनघनत्वको हिसाबले नेपालको सबैभन्दा ठूलो सहर हो । २०७८ को प्रारम्भिक जनगणनाको तथ्यांकअनुसार काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ रहेको छ भने काठमाडौं उपत्यकाको जनसंख्या २९ लाख ९६ हजार ३४१ रहेको छ ।

आकाशबाट हेर्दा काठमाडौं सहर राम्रो देखिन्छ । नागबेली नदी, सडक । ठाउँठाउँमा झुरुप्प वन । अनि घरैघर । चारैतिर हरियारली डाँडा । त्रिभुवन विमानस्थलबाट उडान भर्नेले यिनै दृश्य मोबाइल वा क्यामेरामा कैद गर्छन् ।

पछिल्लो एकदशकयता काठमाडौं उपत्यका छर्लंग खुलेको कमै देख्न सकिन्छ । कहिलेकाहीँ वायु प्रदूषणमा विश्वकै एक नम्बरमा पर्ने काठमाडौं पानी परेको बेला छर्लंग हुन्छ । एउटा कुनाबाट अर्को कुना प्रस्टै देखिन्छ । हेरौं तस्बिरमा आकाशबाट देखिएको काठमाडौं :


प्रकाशित : आश्विन ४, २०७९ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्