कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टुँडिखेलमा मनाइयो संविधान दिवस

तस्बिर : इलिट जोशी

काठमाडौँ — संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा ८ ‍औं संविधान दिवस मनाएको छ । विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसद तिमिल्सिना, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको बताएका थिए । उनले सबैको समन्वयात्मक प्रयासबाट कोभिड १९ र डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री देउवाले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले मुलुकमा लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रुपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्ने र संविधानलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।


प्रकाशित : आश्विन ३, २०७९ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल-भारत जाेड्ने माेटरेबल पुल शिलान्यास हुँदै

मनाेज बडु

दार्चुला — त्रिदेशीय सीमा जाेडिएकाे दार्चुलामा नेपाल-भारत जाेड्ने मोटरेबल पुलकाे शिलान्यास हुने भएकाे छ । साेमबार महाकाली नगरपालिका-८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोट नजिकको छारछुम जोड्ने पुलकाे दुईटै देशबाट संयुक्त रूपमा पुलकाे शिलान्यास गरिने भएकाे छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार नेपालतर्फ नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री (सीएम) पुष्करसिंह धामीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

भारतीय पक्षले निर्माण गर्ने उक्त माेटरेबल पुलकाे शिलान्याससँगै त्रिदेशीय सीमा जाेडिएकाे क्षेत्रमा अन्तरदेशीय पुल निर्माणले व्यापारिक मार्गमा जाेडिने भएकाे हो ।

नेपाल-भारत जाेड्ने माेटरेबल पुल निर्माण पश्चात दार्चुला जिल्ला सुदूरपश्चिम प्रदेशकाे प्रमुख व्यापारिक केन्द्र बन्ने सम्भावना बढेकाे दार्चुला उद्योग वाणिज्य संघका महासचिव सर्पराज बडूले बताए । उनले यसका लागि सरकारले त्रिदेशीय मार्ग महाकाली काेरिडाेरलाई चाडाे निर्माणसँगै दार्चुलासित जाेडिएकाे ताँलाकाेट नाकालाई सञ्चालनमा ल्याउनुपर्ने हुन्छ ।

प्रकाशित : आश्विन ३, २०७९ १०:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×