३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

उपत्यकामा मनाइयो जितिया पर्व [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — काठमाडौंमा बसोबास गर्ने थारू समुदायले जितिया पर्व मनाएका छन् । विशेषगरी थारू समुदायका महिलाले यो पर्व मनाउने गर्छन् । पुरुष र महिला दुवै व्रत बस्ने हुँदा यसलाई थारू समुदायको नै ठूलो सांस्कृतिक पर्वका रूपमा लिइन्छ । पर्वको अवसरमा महिलाले झाम्टा नृत्य प्रस्तुत गर्छन् । वर्षभरिको दुःखसुख साटासाट गर्ने र आफ्ना पीर–व्यथालाई गीतमार्फत पोख्ने चलन छ ।

यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा ३ दिन मनाइन्छ । दिदीबहिनीलाई घरमा बोलाएर मीठो खुवाउने र समूह बनाएर विभिन्न खेल खेल्ने प्रचलन रहिआएको छ । पर्वका अवसरमा थारु समुदाय महिलाले काठमाडौंको पर्यटन बोर्डमा प्रार्थना गरेको छ । उनीहरु सांस्कृतिक भेषभूषासहित सहभागी थिए । केही वर्षअघिसम्म तिहारमा देउसी, भैलो खेले जस्तै घरघरमा गएर झाम्टा नाच्ने र महालक्ष्मीको गरिमा गाउने प्रचलन अहिले हराएको छ ।

प्रकाशित : आश्विन २, २०७९ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्