१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

यस्तो देखियो प्रतिनिधिसभाको अन्तिम बैठकमा [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — विभिन्न आरोह–अवरोह, उल्लेखनीय मोडहरू पार गर्दै, कतिपय विषयमा इतिहास रच्दै, कैयौं अहम् विषयलाई निष्कर्षमा पुर्‍याएर केही विषय सघन विमर्शका लागि सुम्पेर संघीय संसद, प्रतिनिधिसभाले आफ्नो कार्यकाल पूरा गरेको छ । यो प्रतिनिधिसभा २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते दुईपटक विघटन भयो र दुवैपटक जनताको पहलकदमी र सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएको हो ।

प्रतिनिधिसभाको अन्तिम दिनको बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटा ।

संविधानमा उल्लेखित शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप शक्ति सन्तुलन र नियन्त्रणसहितको संवैधानिक सर्वोच्चताको विषय प्रतिनिधिसभाको यो अवधिमा स्थापित हुनु आगामी दिनका लागि मार्गदर्शन सावित हुनेछ ।

प्रतिनिधिसभाको अन्तिम दिनको बैठकलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुअघि स्यानिटाइजर छर्कँदै ।

बैठकमा सम्बोधन गरी रोस्ट्रमबाट फर्किंदै प्रधानमन्त्री शेरबहादुर देउवा ।

शनिबार प्रतिनिधिसभाको ११औं अधिवेशनको अन्तिम दिनको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको पूर्ण कार्यकालका लागि भएका पहललाई इतिहासले पक्कै स्मरण गर्ने बताए । बैठकमा विभिन्न दलका शीर्ष नेताहरुले सम्बोधन गरे । नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच घोचपेच नै छल्यो । दलीय आधारमा बोलेका नेताहरुले कतिपयले संसद्‌को कार्यकाललाई ठीकै भएको समीक्षा गरे भने कतिपयले उपलब्धिमूलक नभएको धारणा राखे ।

बैठकमा सम्बोधन गरी रोस्ट्रमबाट फर्किंदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ।

बैठक सकिएपछि हलबाट निस्किने क्रममा एकाअर्कालाई बिदाई गर्दै सांसदहरु ।

उनले आगामी मंसिर ४ गतेका लागि तय भएको अर्को प्रतिनिधिसभाको निर्वाचन निष्पक्ष ढंगले सफल बनाउन हामी सबैको योगदान रहनेछ भन्ने विश्वास व्यक्त गर्दै यस अवधिमा संघीय संसद्, प्रतिनिधिसभालाई जीवन्त र जनमुखी बनाउने अठोटका साथ गरिएका पहल र प्रयत्नहरूमा सदस्यहरूबाट प्राप्त विश्वास र सहयोगका लागि विशेष आभार व्यक्त गरे ।

प्रतिनिधिसभा बैठकमा सहभागी सांसदहरु ।

संघीय संसद् भवनमा प्रवेशको क्रममा पत्रकारहरुसँग कुरा गर्दै सांसदहरु ।

संघीय संसद् भवन प्रवेश गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा ।

संसद्‌ भवन बाहिर सामूहिक तस्बिर खिचाउँदै सांसदहरु ।


प्रकाशित : आश्विन १, २०७९ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्