कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

टुकुचा खोला खोज्दै कमलादीमा महानगरको डोजर [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — अवैध संरचना हटाउने अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाले कमलादीस्थित लक्ष्मी बैंक नजिकै खोतल्दा टुकुचा खोला भेटाएको छ । डोजर लगाएर शनिबार खोतल्दा १०/१२ फिट तल टुकुचा खोला भेटिएको महानगरले जानाएको छ । यसअघि जय नेपाल हलको कम्पाउन्डभित्र उत्खनन् गर्दा टुकुचा खोला फेला परेको थियो । केही समय पहिले खोलाको बहाव क्षेत्र पत्ता लगाउन महानगरले सूचना जारी पनि गरेको थियो । महानगरले यसअघि बानेश्वर, सुन्धारा, रत्नपार्क, भोटाहिटीलगायत ठाउँका अवैध संरचनामा डोजर चलाइसकेको छ ।


प्रकाशित : आश्विन १, २०७९ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्