कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

महिलाले ताने रथ [तस्बिरहरु]

तस्बिर : इलिट जोशी/कान्तिपुर

काठमाडौँ — हनुमानढोका दरबार क्षेत्र कालभैरवको मूर्ति अगाडि लिंगो ठड्याएसँगै सुरु भएको इन्द्रजात्राअन्तर्गत बुधबार नानीचा: या: (महिलाहरुले रथ ताने) तानेका छन् । अन्तिम दिन वसन्तपुरदेखि विभिन्न भागमा रथ पुर्‍याई पुन: वसन्तपुर ल्याइएको थियो । राति इन्द्रध्वजा फहराइएको लिंगो ढालेर वाग्मतीमा सेलाएपछि सप्ताहव्यापी इन्द्रोत्सव समाप्त हुन्छ ।

जात्राको अवसरमा हनुमान ढोका दरबारमा रहेको सुनको मोलम्मा लगाइएको विशाल श्वेत भैरवको प्रतिमा पनि सर्वसाधारणलाई दर्शनका लागि टीका झ्या: (एक प्रकारको नेवारी झ्याल) खुला गरिएको थियो । इन्द्रचोक, किलागल र नरदेवीमा पनि इन्द्रको मूर्तिलाई प्रदर्शनीमा राखिएको थियो । इन्द्रचोकस्थित आकाश भैरवको मूर्तिलाई मन्दिर बाहिर खटमा राखेर विभिन्न प्रकारका फूलले सिंगारिएको थियो ।


प्रकाशित : भाद्र २९, २०७९ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्