कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राहत हस्तान्तरण गर्न नेपाली टोली पाकिस्तानमा [तस्बिरहरू]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

कराँची — प्राकृतिक विपद्‍मा परेको पाकिस्तानलाई राहत हस्तान्तरणका लागि नेपाल सरकारको टोली पाकिस्तान पुगेको छ । मंगलबार परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालको नेतृत्वमा उक्त टोली टोली कराँची पुगेको हो । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर परराष्ट्रमन्त्री नारायण खड्काले उक्त टोलीलाई बिदाइ गरेका थिए ।

यस क्रममा नेपाल सरकारले पाकिस्तानलाई २ करोड रुपैयाँबराबरको राहत सामग्री हस्तान्तरण गर्दैछ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले पाकिस्तानमा बाढीबाट प्रभावित नागरिकहरूलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्री दिने निर्णय गरेको थियो। यस वर्षको जुन १४ यता वर्षासँगै आएको बाढीका कारण पाकिस्तानमा १२ सयभन्दा बढीको मृत्यु भएको छ । शनिबार मात्रै पाकिस्तानमा बाढीले ५७ जनाको मृत्यु भएको थियो ।


प्रकाशित : भाद्र २८, २०७९ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्

वर्षाले माइतीघर जलमग्न

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा शुक्रबार वर्षा भयो । वर्षासँगै काठमाडौंका विभिन्न स्थानमा पानी जमेर यात्रुले सास्ती भोग्नु परेको छ। सवारीको अत्यधिक चाप हुने स्थानमध्ये माइतीघरमा पनि वर्षा सुरु भएको केही बेरमै पानी जमेर तलाउ जस्तै बनेको थियो ।

वर्षाका कारण पानी जम्दा यहाँ सवारीसाधनहरूको ठूलो जाम भएको थियो । कतिपय सवारीसाधनभित्र पानी पस्दा घण्टौं रोकिएका छन्। माइतीघर चोकमै पानी जमेर तलाउ बन्दा ठूलो संख्यामा यात्रुहरूलाई आवतजावतमा कठिनाइ भएको थियो । वर्षाका कारण सवारी अवरुद्ध हुँदा ट्राफिक प्रहरी र महानगरका कर्मचारीको टोलीलाई पानीको निकास खुलाउन मुस्किल परेको थियो ।


प्रकाशित : भाद्र २४, २०७९ १५:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×