२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

मिटरब्याज पीडितमाथि फेरि धरपकड

तस्बिर : केशव थापा

काठमाडौँ — माइतीघर मण्डलमा शान्तिपूर्ण आन्दोलनमा बसेका मिटरब्याज पीडितहरुमाथि प्रहरीले आज पनि धरपकड गरेको छ । उनीहरुमध्ये ३० जनालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । कीर्तिपुरबाट हिँडेर बल्खुमा आइपुग्दा प्रहरीले उनीहरुलाई रोकेको थियो । उनीहरुमध्ये आधाजसो त्यहीँ रोकिए पनि केही माइतीघर पुगेका थिए । ४ दिने नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारीलाई कारण देखाउँदै धर्नाका लागि माइतीघर आउन लागेका किसानलाई निषेध गर्न सोमबारदेखि प्रहरी परिचालन गरिएको छ ।

न्यायका लागि तराईका विभिन्न स्थानबाट काठमाडौं आएका मिटरब्याज पीडितहरुमाथि प्रहरीले सोमबार पनि बल प्रयोग गरेको थियो । कीर्तिपुरमा अस्थायी रुपमा बसी ४२ दिनदेखि माइतीघर मण्डलमा पुगेर शान्तिपूर्ण आन्दोलनमा बसिरहने उनीहरु सोमबार कीर्तिपुर गेटनजिकै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका थिए । तराईबाट आएका उनीहरु ४२ दिनदेखि उनीहरु कीर्तिपुरबाट माइतीघर मण्डलमा भेला भएर धर्ना दिइरहेका छन् ।


प्रकाशित : भाद्र २८, २०७९ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्