कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

किरात राई यायोक्खाको अधिवेशनका तस्बिरहरु

लक्ष्मी गौतम

पाँचथर — राईहरुको छाता संस्था किरात राई यायोक्खा पाँचथरको सातौं अधिवेशन सदरमुकाम फिदिममा शनिबार सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि आयोजित अधिवेशनको उद्घाटन प्रमुख अतिथि यायोक्खाका केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर राईले गरेका थिए । अधिवेशनका लागि छानिएका प्रतिनिधि र पर्यवेक्षक मौलिक भेषभुषामा सजिएर अधिवेशनस्थल आएका थिए ।

अधिवेशनको अवसर पारेर यायोक्खाले राई समुदायबाट गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट जिल्लाका विभिन्न वडाको वडाध्यक्ष र जिल्ला समन्वय समितिको सदस्यमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्‍यो । अधिवेशनकै अवसरमा जिल्लाको फालेलु्ङ गाउँपाालिका ६ को फसलबारी आधारभूत विद्यालयमा राई वान्तावा भाषाको अध्यापन गराउँदै आएका शिक्षक बाबढसजी चौधरीलाई पनि सम्मान गरेको छ ।

प्रकाशित : भाद्र २५, २०७९ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्