वर्षाले माइतीघर जलमग्न

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा शुक्रबार वर्षा भयो । वर्षासँगै काठमाडौंका विभिन्न स्थानमा पानी जमेर यात्रुले सास्ती भोग्नु परेको छ। सवारीको अत्यधिक चाप हुने स्थानमध्ये माइतीघरमा पनि वर्षा सुरु भएको केही बेरमै पानी जमेर तलाउ जस्तै बनेको थियो ।

वर्षाका कारण पानी जम्दा यहाँ सवारीसाधनहरूको ठूलो जाम भएको थियो । कतिपय सवारीसाधनभित्र पानी पस्दा घण्टौं रोकिएका छन्। माइतीघर चोकमै पानी जमेर तलाउ बन्दा ठूलो संख्यामा यात्रुहरूलाई आवतजावतमा कठिनाइ भएको थियो । वर्षाका कारण सवारी अवरुद्ध हुँदा ट्राफिक प्रहरी र महानगरका कर्मचारीको टोलीलाई पानीको निकास खुलाउन मुस्किल परेको थियो ।


प्रकाशित : भाद्र २४, २०७९ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्

गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुन्छ : प्रधानमन्त्री देउवा

'गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र हाे'
कान्तिपुर संवाददाता

चितवन — प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने दाबी गरेका छन् । १०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले यस्तो बताएका हुन् ।

'गठबन्धनलाई बचाएर लैजान आवश्यक छ । गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र हो,' प्रधानमन्त्री देउवाले भने। गठबन्धन नहुँदा केपी ओलीको हैकमवाद चलेको र कांग्रेसका नेता-कार्यकर्ताहरू डरले थरर हुने गरेको उनले स्मरण गराए ।

देउवाले भने, 'सबैले ओली हटाउनुपर्छ भनेको हो नि । गठबन्धन गरेर नै हटाएर आज के भयो । पहिले केही थिएन । अहिले सरकार हाम्रो नेतृत्वमा छ । मुख्यमन्त्रीहरू पनि हाम्रा छन् । यहीँकै मान्छे मन्त्री बने । यो त भोलि पनि हुन्छ नि ।'

प्रकाशित : भाद्र २४, २०७९ १४:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×