कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

डेंगुका बिरामी बढे, टेकु अस्पतालको प्यासेजमै बेड थपियो

तस्बिर : इलिट जोशी/कान्तिपुर

काठमाडौँ — डेंगु ७५ जिल्लामै फैलिसकेको छ। डेंगुका बिरामी बढेसँगै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको थामिनसक्नु भीड देखिन थालेको छ ।

बिरामीको संख्या बढेपछि अस्पतालले १५ बेडको इमरजेन्सी बढाएर वार्ड बाहिर कोरिडोरमा ५ बेड थप गरेको छ । अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार हाल डेंगुका बिरामी १५ जना जनरल वार्ड, ६ जना क्याबिन र ५ जनाको आईसीयूमा उपचार भइरहेको छ जसमा १ जना गम्भीर अवस्थाका छन् । उनले जनरल वार्डमा १२ बेड भने अहिले खाली रहेको बताए । हाल टेकु अस्पतालमा दैनिक डेंगु क्लिनकमा आउनेको संख्या २०० भन्दा बढी छ भने इमरजेन्सीमा ७० बढी बिरामी आइरहेका छन् ।


प्रकाशित : भाद्र २१, २०७९ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्