असनका अनधिकृत संरचनामा महानगरको घन र खन्ती

तस्बिर : अंगद ढकाल

काठमाडौँ — काठमाडौं महानगरपालिकाले असनमा रहेका अनधिकृत संरचना हटाउन थालेको छ । नगर प्रहरीको टोलीले असन क्षेत्रमा नियमविपरीत बनाइएका संरचना र पसललाई मंगलबारदेखि हटाउन सुरु गरेको हो । साँघुरो गल्ली‚ मान्छेको भीडका कारण डोजर असन छिर्न नसकेपछि महानगर कर्मचारी र प्रहरीले खन्ती‚ घनलगायत औजार प्रयोग गर्दै ती संरचनाहरू भत्काएका हुन् ।

महानगरको टोलीले फुटपाथ मिचेर सञ्चालन गरिएका ती पसलका सामग्रीहरू नियन्त्रणमा लिएको छ भने । यसैबीच अनधिकृत संरचना भत्काउँदै गर्दा व्यवसायीहरूले भने महानगरको विरोध गरेका थिए । उनीहरूले अनुमति लिएर व्यवसाय सञ्चालन गर्दा पनि महानगरको टोलीले आफूहरूले निर्माण गरेको संरचना हटाएर ज्यादती गरेको आरोप लगाएका छन् ।


प्रकाशित : भाद्र २१, २०७९ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्

पशुपतिनाथमा बालेन्द्र क्रेज

तस्बिर : अंगद ढकाल

काठमाडौँ — तीजका दिन काठमाडौंका मेयर बालेन्द्र शाह पशुपतिनाथ मन्दिर पुगेका छन् । पशुपतिनाथ क्षेत्रमा उनलाई देखेर प्रशंसकहरुले तस्बिर र भिडियो लिन तँछामछाड नै गरे । आज मुलुकका अधिकांश मन्दिरहरूमा हिन्दु महिलाहरु पूजाआजा र नाचगानमा सरिक भएका छन् । काठमाडौंको पाशुपत क्षेत्रमा रहेका विभिन्न पीठहरूमा बिहानैदेखि तीज मनाउने महिलाहरूको भीड लागेको छ ।


प्रकाशित : भाद्र १४, २०७९ १४:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×