मिटरब्याजी सुदखोरविरुद्व माइतीघर-बालुवाटार मार्च [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — मिटरब्याजी सुदखोरविरुद्व संघर्षरत किसान र मजदुरहरूले न्यायको याचना गर्दै बिहीबार ‘किसान–मजदुर मार्च’गरेका छन् । आफूहरूको अनुचित ऋण मिनाहा र मिटरब्याजी सुदखोरलाई कारबाहीको मागसहित विभिन्न जिल्लाबाट काठमाडौं आएर सडक संघर्ष गरिरहेका किसान र मजदुरहरूले माइतीघरदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म ‘किसान–मजदुर मार्च’ गरेका हुन् ।

सहभागीले 'गैर न्यायिक दृष्टिबन्धक, तमसुक तथा छिनुवा पास अवैध घोषणा गर,' 'सबै सुदखोरहरुको सम्पत्ति छानिबन गर' लगायत नारा लेखिएका ब्यानर प्लेकार्ड बोकेका थिए । मार्चमा बृहत् नागरिक आन्दोलनका खगेन्द्र संग्रौला, नेता सीताराम तामाङलगायतले पनि साथ दिएका थिए । उनीहरुले बालुवाटार पुगेर आफ्नो स्थानीय भाषामा गीत र कवितामार्फत दु:ख पोखेका थिए । नवलपरासीका विभिन्न स्थानीय तहसहित विभिन्न जिल्लाबाट काठमाडौं आएर मिटरब्याजी सुदखोरपीडित किसानहरूले एक महिनादेखि माइतीघरको सडकमा धर्ना दिँदै आएका छन् ।

प्रकाशित : भाद्र १६, २०७९ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्