कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘त्रिभुवन विश्वविद्यालय खुला छ’ [तस्बिरहरू]

तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले 'त्रिवि बचाउ' संघर्षका कार्यक्रम गरिरहेको छ । यस क्रममा क्रान्तिकारीका विद्यार्थीहरूले ‘त्रिवि खुला छ, सधैँ खुला रहन्छ, तालाबन्दी मान्दैनौं’भन्दे सन्देश लेखिएको ब्यानरसहित प्रदर्शन गरिरहेका छन् ।

क्रान्तिकारीका उपाध्यक्ष नरेश रेग्मीका अनुसार त्रिवि बचाउन साताव्यापी कार्यक्रम घोषणा गरिएको हो । यस क्रममा उनीहरूले विश्वविद्यालयको बत्ती, धारा, गेट, कक्षाकोठाको ढोका लगायत चिजहरू खुला राख्दै सांकेतिक रुपमा त्रिवि खुला नै रहेको सन्देश दिन खोजेको उपाध्यक्ष रेग्मीले बताए । उनले भने, ‘बिम्बको रुपमा २४ सैं घण्टा विश्वविद्यालयको बत्ती बाल्छौं, पानी धारा खुला राख्छौं, कक्षाकोठाको ढोका र क्याम्पसको गेटहरू खुला राख्छौं ।’ रेग्मीका अनुसार पहिलो चरणको आन्दोलन भदौ २१ गतेसम्म जारी रहने छ ।


प्रकाशित : भाद्र १५, २०७९ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्