ज्याङ्दाङका ढुंगामा अनेक आकृति [तस्बिरहरू]

अनिश तिवारी

सिन्धुपाल्चोक — कञ्चन ताल, वरपर आँखै लोभ्याउने हिमश्रृंखला, लेकाली फूलहरूसहित जडीबुटीले सजिएको समथर मैदान । समुद्री सतहदेखि २ हजार ७ सय मिटरको उचाइमा रहेको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने प्रसिद्ध तीर्थस्थलमध्ये एक हो, ज्याङ्दाङ पोखरी ।

आँखाको परेलाजस्तै देखिने ज्याङ्दाङ पोखरीकै केही दूरीमा अनेक काला शिलाले भरिएको मनमोहक स्थान ‘रक गार्डेन’छ । जसलाई स्थानीयहरू ‘मृत ढुंगाको सहर’ पनि भन्ने गर्छन् । यस क्षेत्रभर असंख्य कलात्मक काला पत्थर र चट्टानी पहाड जताततै देखिन्छन् । यी शिलामा प्राकृतिक रुपमा सर्प, गाई, गोरु, राज सिंहासन जस्ता थुप्रै स्वरुप र आकारमा ढुंगा कुदिए झैं देखिन्छ । मानव सभ्यताकै झल्को आउने गरी यहाँका चट्टानमा विभिन्न आकृति देखिन्छ ।

अरनिको राजमार्गमै गाभिने बाह्रबिसे बजारबाट कर्थली, दुरुम्थली गाउँ हुँदै फत्याङ गाउँमा पुगेपछि त्यहाँको लोभलाग्दो फत्याङ झरनाले जोसुकैलाई त्यहीँ रोकिदिन्छ । फत्याङ झरना हेरेपछि एक घण्टा पैदल उकालो चढेपछि मनमोहक समथर मैदानमा पुगिन्छ । यद्यपि यो सानो ज्याङ्दाङ भएको र यसभन्दा केही पर अर्को ठूलो ज्याङ्दाङ पोखरी रहेको छ । यहाँबाट दोलखाको प्रसिद्ध तीर्थस्थल कालिञ्चोक जाने खण्ड धेरै छोटो पर्ने भएकाले यहाँबाट पैदल हिँड्ने तीर्थालुको घुइँचो नै लाग्ने गर्छ ।


प्रकाशित : भाद्र १५, २०७९ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्