२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

तीजैमा छमछमी

तस्बिर : अंगद ढकाल, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व मंगलबार महादेवको पूजा आराधना गरी धुमधामका साथ मनाइएको छ । मुलुकका अधिकांश शिव मन्दिरहरूमा हिन्दु महिलाहरु पूजाआजा र नाचगानमा सरिक भएका छन् ।

काठमाडौंको पाशुपत क्षेत्र र हनुमानढोकामा बिहानैदेखि महिलाहरूको भीड लागेको छ । पोहोर–परार कोरना महामारीका कारण ढुक्कले तीज मनाउन नपाएका व्रतालुहरू यसपालि खुलेरै तीजमा रमाउन पाउँदा खुसी देखिएका थिए ।

यसपटक पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन राम्रो गरेको व्रतालुहरूले बताएका छन् । अन्य समय दर्शनका लागि घन्टौं कुर्नुपर्ने समस्या भएको तर यसपटक भने १५/२० मिनेटमा नै दर्शन गर्न सकिएको भन्दै उनीहरुले खुसी प्रकट गरेका हुन् ।


प्रकाशित : भाद्र १४, २०७९ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्