१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

यसपालिको तीज टिकटक र सेल्फी बरिलै...

तस्बिर : इलिट जोशी

काठमाडौँ — भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व मंगलबार महादेवको पूजा आराधना गरी धुमधामका साथ मनाइएको छ । मुलुकका अधिकांश शिव मन्दिरहरूमा हिन्दु महिलाहरु पूजाआजा र नाचगानमा सरिक भएका छन् । काठमाडौंको पाशुपत क्षेत्रमारहेका विभिन्न पीठहरूमा बिहानैदेखि महिलाहरूको भीड लागेको छ ।

नाचगानमा मस्त देखिएका अधिकांश महिलाहरु टिकटक बनाउन व्यस्त थिए । पोहोर–परार कोरना महामारीका कारण ढुक्कले तीज मनाउन नपाएका उनीहरु यसपालि खुलेरै तीजमा रमाउन पाउँदा खुसी देखिएका थिए। यसपटक पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन राम्रो गरेको व्रतालु महिलाहरु बताएका छन् । अन्य समय दर्शनका लागि घन्टौं कुर्नुपर्ने समस्या भएको तर यसपटक भने १५/२० मिनेटमा नै दर्शन गर्न सकिएको भन्दै उनीहरुले खुसी प्रकट गरेका छन् ।


प्रकाशित : भाद्र १४, २०७९ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्