तयारीमा व्यस्त नेपाली महिला टिम [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — नेपाली राष्ट्रिय महिला फुटबल टिम घरेलु भूमिमा हुने छैटौं साफ महिला च्याम्पियनसिप २०२२ को तयारीमा व्यस्त छ । पहिलोपल्ट च्याम्पियन बन्ने दाउमा रहेको नेपाली टिमले आइतबार सेन्ट जेभियर स्कुल, जावलाखेलको मैदानमा अभ्यास गर्‍यो । भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा हुने च्याम्पियनसिपमा अघिल्ला पाँचै संस्करणको विजेता भारत, चारपल्टको उपविजेता नेपाल, एकपल्ट फाइनल खेलेको बंगलादेशसहित दक्षिण एसियाका सातै देशका टिमले प्रतिस्पर्धा गर्दैछन् । भुटानी टिमले काठमाडौं ओर्लेर तयारी गरिरहेको छ । च्याम्पियनसिप जित्ने लक्ष्यसाथ मुख्य प्रशिक्षक कुमार थापाले २३ सदस्यीय नेपाली टिम घोषणा गरिसकेका छन् । टिम घोषणा भएपछि पहिलोपल्ट गरिएको अभ्यासका केही तस्बिरहरू :


प्रकाशित : भाद्र १२, २०७९ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्