कुशे औंसीमा गोकर्णेश्वरमा मेला

तस्बिर : दीपक केसी

काठमाडौँ — गोकर्णेश्वरस्थित महादेव मन्दिर परिसरमा कुशे औंसीको अवसरमा पितृ तर्पण गर्न भक्तजनहरुको भीड लागेको छ । प्रत्येक वर्ष भाद्रकृष्ण औंसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृका नाममा जलदान, सिदादान र पिण्डदान गर्न लाखौं भक्तजन आउने गर्छन् ।

भाद्रकृष्ण औंसीका दिन यहाँ आएर जलदान, सिदादान र पिण्डदान गरेमा २१ कुलसम्मका पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ । कुशे औंसीलाई बुबाको मुख हेर्ने दिनका रुपमा समेत मनाइँदै आइएको हुँदा यहाँ झिसमिसेदेखि नै दर्शनार्थीहरुको भीड लागेको छ । बुबा नहुनेहरु आजको दिन गोकर्णेश्वर महादेवको मन्दिरमा जम्मा भएर पिण्ड दिने चलन रहेको छ ।


प्रकाशित : भाद्र ११, २०७९ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्

आरती हेर्न पशुपति पुगे ओली

तस्बिर : दीपक केसी

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिएको सन्ध्याकालीन आरतीमा सहभागी भएका छन् । वाग्मती गंगा आरती सेवा समितिको आयोजनामा गरिएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा एमाले अध्यक्ष ओली पशुपतिमा सहभागी भएका हुन् ।

वेदको मन्त्रोचारणबाट सुरु भएको कार्यक्रमा एमाले अध्यक्ष ओलीलाई रामनामी ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता ओलीले यस कार्यक्रमले संस्कृति र सभ्यतालाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

'नेपालका जनताका लागि मात्रै होइन विश्व शान्ति, समृद्धि र उन्नतिको सोचका साथ आरतीको आयोजना भएको हो ।हाम्रो संस्कृति, सभ्यतालाई अघि बढाउने र परिचित गराउने सन्दर्भमा यसलाई कहिल्यै बिर्सन मिल्दै । त्यसलाई चिरस्थायी बनाउने सन्दर्भमा सुरु गरिएको काम आज १५ वर्ष पूरा भएको छ,' ओलीले भनेका थिए ।

कार्यक्रममा ओलीले आरती सञ्चालन गर्न सहयोग गर्नेहरूलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रकाशित : श्रावण १६, २०७९ २०:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×