कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

महानगरले राहदानी विभागको बेसमेन्ट खाली गरायो

तस्बिर : अंगद ढकाल

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्देशनमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काउने काम भइरहेको छ । मेयर शाहको निर्देशनमा नयाँ बानेश्वर, सुन्धारा, कोटेश्वर लगायत स्थानमा रहेका अनधिकृत संरचना भत्काइएको छ ।

यस क्रममा शुक्रबार दिउँसो महानगरको टोली त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयमा पुगेको छ । अहिले महानगरीय प्रहरी लगायत सुरक्षाकर्मीले त्यहाँस्थित बेसमेन्टमा राखिएका कुर्सी र अन्य सामान बाहिर निकाल्दै गरेका छन् ।

अवरोधका बावजुद मेयर शाहले केही दिनदेखि नै यस्ता संरचना भत्काउने क्रम जारी राखेका छन् । अधिकांश स्थानमा मेयर शाह आफैं उपस्थित भएर निर्देशन दिने गरेका छन् । यद्यपि शनिबारदेखि यस्ता संरचना भत्काउने काममा मेयर शाह नगएर महानगरपालिकाको टोली मात्रै जाने बताइएको छ।


प्रकाशित : भाद्र १०, २०७९ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्