कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी चल्यो अल्फाबिटा कम्प्लेक्समा डोजर [फोटोफिचर]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — नयाँ बानेश्वरस्थित बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । नियमविपरीत बनाइएका संरचना हटाउन अग्रीम सूचना जारी गर्दा पनि कम्प्लेक्स धनीले नहटाएपछि बिहीबार दिउँसो मेयर बालेन्द्र शाहको उपस्थितिमा डोजरले भत्काइदिएको हो । संरचना हटाए/नहटाएको अवलोकन गर्न बिहान कम्प्लेक्स अवलोकनमा पुगेका मेयर शाह र कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच भवनको नक्साको विषयलाई लिएरसँग चर्काचर्की परेको थियो ।

नियमविपरीत पार्किङका लागि बनाइएको बेसमेन्टमा मोटो रकमको लोभमा होटल, रेस्टुरेन्ट, पब तथा पसलहरू सञ्चालन गर्न दिएको पाइएको छ । एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले यसअघि नै ३५ दिने सूचना निकालेको थियो ।


प्रकाशित : भाद्र ९, २०७९ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्

आर बी कम्प्लेक्सका अनधिकृत संरचनामा पनि महानगरको डोजर

तस्बिर : अंगद ढकाल

काठमाडौँ — काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा बनाइएका संरचना भत्काइदिएको छ। बुधबार दिउँसो मेयर बालेन्द्र शाहको उपस्थितिमा महानगरको टोलीले न्युरोडस्थित आर बी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना भत्काइदिएको छ ।

ती संरचना भत्काउने क्रममा मेयर शाहसँगै नेपाल प्रहरी र महानगरीय प्रहरीको टोली खटिएका थिए । यसअघि महानगरको टोलीले सुन्धारास्थित काठमाडौं मलको अनधिकृत संरचना भत्काइदिएको पनि भत्काइदिएको छ । बुधबार महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो । यस्तै सोमबार पनि महानगरले बानेश्वर क्षेत्रमा अन्य रूपमा प्रयोजन भइरहेका पार्किङ संरचना भत्काएको थियो । महानगरले ३५ दिने सूचना दिँदा पनि अटेरी गरेपछि अनधिकृत संरचना भत्काउन थालेको हो ।


प्रकाशित : भाद्र ८, २०७९ १४:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×