यसरी चल्यो अल्फाबिटा कम्प्लेक्समा डोजर [फोटोफिचर]

काठमाडौँ — नयाँ बानेश्वरस्थित बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । नियमविपरीत बनाइएका संरचना हटाउन अग्रीम सूचना जारी गर्दा पनि कम्प्लेक्स धनीले नहटाएपछि बिहीबार दिउँसो मेयर बालेन्द्र शाहको उपस्थितिमा डोजरले भत्काइदिएको हो । संरचना हटाए/नहटाएको अवलोकन गर्न बिहान कम्प्लेक्स अवलोकनमा पुगेका मेयर शाह र कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच भवनको नक्साको विषयलाई लिएरसँग चर्काचर्की परेको थियो ।


नियमविपरीत पार्किङका लागि बनाइएको बेसमेन्टमा मोटो रकमको लोभमा होटल, रेस्टुरेन्ट, पब तथा पसलहरू सञ्चालन गर्न दिएको पाइएको छ । एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले यसअघि नै ३५ दिने सूचना निकालेको थियो ।





