२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पार्टी कार्यालयमा गिरिप्रति श्रद्धाञ्जली

तस्बिर : अंगद ढकाल

काठमाडौँ — नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गर्नका लागि विभिन्न दलका नेता तथा उनका आफन्त कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा पुगेका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का‚ महामन्त्री गगनकुमार थापा‚ नेता रामचन्द्र पौडेललगायत नेताले उनको पार्थिव शरीरमा माल्यार्पण गर्नुका साथै पार्टीको झन्डा ओडाएका हुन् ।

गिरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरिको ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९:३० बजे निधन भएको हो ।

कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य गिरि घाँटीको क्यान्सरबाट पीडित थिए ।


प्रकाशित : भाद्र ५, २०७९ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्