कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कीर्तिमानी सानुलाई स्वागत

तस्बिर : केशव थापा

काठमाडौँ — ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल दोहोर्‍याएर आरोहण गर्ने विश्वकै एकमात्र आरोहीको रेकर्ड बनाएका नेपाली आरोही सानु शेर्पालाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । शेर्पा नेपालका ८, पाकिस्तानका ५ र चीनको एउटा गरी १४ वटा हिमाल दोस्रोपटक आरोहण गर्न सफल विश्वकै एक मात्र आरोही हुन् । १८ वर्षदेखि हिमाल आरोहणमा आबद्ध शेर्पाले ८ हजारभन्दा अग्ला यी सबै हिमाल ३२ पटक आरोहण गरिसकेका छन् । जसमा सगरमाथामात्रै ६ पटक आरोहण गरेका छन् ।

काठमाडौंमा रहेको पायोनियर एडभेन्चर्स प्रालिमा आरोहण दलको नेताका रुपमा कार्यरत संखुवासभाको मकालुका ४७ वर्षीय शेर्पा दुई महिनाअघि एक जापानी आरोहीलाई गाशरब्रुम-दुई हिमाल आरोहण गराउन काठमाडौंबाट पाकिस्तान गएका थिए । पाकिस्तानको काराकोरम पर्वत श्रृंखलामा पर्ने ८ हजार ३५ मिटर उचाइको गाशरब्रुम–दुई (जी-टू) हिमाल साउन ५ गते आरोहण गरेसँगै उनी विश्वका १४ वटा ८ हजार मिटर अग्ला १४ वटा हिमाल दोहोर्‍याएर आरोहण गर्ने एकमात्र आरोही बनेका हुन् ।


प्रकाशित : भाद्र ४, २०७९ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्