कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

दुई हिमालको फेदमा दूधकुण्ड

भानुभक्त निरौला

सोलुखुम्बु — समुद्री सतहबाट ४ हजार ६ सय मिटर उचाइमा रहेको प्रसिद्ध धार्मिकस्थल दूधकुण्ड पोखरी सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर १ मा अवस्थित छ । नुम्बुर र कार्यालुङ हिमालको काखमा अवस्थित दूधकुण्ड पोखरी हिन्दु र बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र हो ।

सत्य युगमा शिवजी तपस्या गरेको र समुन्द्र मन्थन समेत भएको स्थानको रुपमा रहेको दूधकुण्डको दर्शन गर्न बर्सेनि हजारौंको संख्यामा तीर्थालुहरु यहाँ पुग्ने गरेका छन् । जिल्ला सदरमुकाम सल्लेरीबाट २ दिनको पैदलमा पुग्न सकिने यस ठाउँको प्राकृतिक मनोरम विशिष्ट प्रकृतिको छ । यहाँ हिमालबाट बग्ने पानीबाट बनेको मनोरम ताल, त्यही तालबाट बग्ने सोलुखोलाको सुस्केरा अनि ठाउँ ठाउँमा जमेका हिमाली तालहरुले जोकोहीको पनि मन लोभ्याउने गरेको छ । अन्य सिजनमाभन्दा जनै पूर्णिमाको अवसरमा बर्सेनि हजारौं पर्यटक पुग्ने गर्दछन् ।


प्रकाशित : श्रावण २९, २०७९ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्