कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — पश्चिम नवलपरासीको सुस्ता–५ रतनगन्जकी तैरुन निशा । छोरीको बिहेका लागि ०७२ फागुनमा श्रीमान् मुख्तार मियाँले सुदखोर सुनीलकुमारसँग दुई लाख ऋण लिएका थिए । साहुले ४ लाखको कागज बनाए । त्यसको ४ गुणा रकम तिर्दा पनि छुटकारा पाएका छैनन् । उल्टै २० लाख रुपैयाँ मागिएको छ । तस्बिर : मनोज पौडेल/कान्तिपुर

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा स्थानीय आदिवासी जनजातिहरु मंगलबार २८ औं विश्व आदिवासी दिवस मनाउँदै । औपचारिक कार्यक्रमअघि मध्याह्न महासंघ सम्बद्ध थारु, मगर, नेवार, गुरुङ,लगायत जातीय संघ संस्थाले मंगलगढीचोकबाट सांस्कृतिक र्‍याली निकालेका थिए । हरेक वर्ष अंग्रेजी पात्रोअनुसार अगस्ट ९ तारिखमा विश्व आदिवासी दिवस मनाउने गरिन्छ । तस्बिर : हरिहरसिंह राठौर

पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेकी महिला प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनबाट प्राप्त अनुदानको मल लैजाँदै । माडी कृषि बहुउद्देश्यीय सहकारी संस्थाले रुप्सेका विभिन्न स्थानमा अकबरे खुर्सानी पकेट कार्यक्रम सञ्चालन गरेको छ । तस्बिर : माधव अर्याल

काठमाडौंको बालाजु बाइपासको चप्पल कारखानामा लागेको आगो निभाउने प्रयास गरिँदै । तस्बिर : सुजन गोपाली

मंगलबार राति परेको पानीको कारण मनोहरा खोलामा आएको बाढीको कारणले काटन गरेको दिव्यश्वरी प्लानिङ क्षेत्रको सडक । तस्बिर : अंगद ढकाल

धरानका मेयर हर्क साम्पाङविरुद्ध नगरपालिका परिसरमा नारा जुलुस लगाउदै बराह सहकारी पीडितहरु । तस्बिर : प्रदीप मेन्याङ्बो

गाईजात्राको अवसरमा लैंगिक अल्पसंख्यक समुदायले काठमाडौंको बसन्तपुरमा निकालेको गौरव यात्राका सहभागी । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना


प्रकाशित : श्रावण २८, २०७९ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्