कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाम्बुले राईहरुले यसरी मनाए ढ्वाङकूम [फोटोफिचर]

शब्द/तस्बिर : कुम्भराज राई

ओखलढुंगा — वल्लो किरातअन्तर्गत मानेभन्ज्याङ गाउँपालिका ३, उँबु उद्गम थलो रहेका वाम्बुले राई समुदायको महान् चाड ढ्वाङकूम शुक्रबार मनाएका छन् । खासगरी लिब्जु (प्रकृतिका देवता) लाई पूजिने ढ्वाङकूम हजारौं वर्षदेखि मनाउँदै आइएको यस समुदायको ठूलो पर्व हो । सुरुमा २७ घरले एकै ठाउँमा पूजा गरेर सुरु भएको ढ्वाङकूम हिजोआज देशका विभिन्न भागमा रहेका हजारौं वाम्बुले समुदायले दर्जनौं ठाउँमा मनाउँदै आएका छन् ।

तर त्यसको मूल थलोको रुपमा मानेभन्ज्याङ गाउँपालिका ३, उँबुलाई मानिन्छ । थुन्सेमा कागुनीको भात, भैंसीको उसिनेको मासु र कोदोको जाँड प्रत्येक घरबाट पूजाथानमा लगिन्छ । राई बाहेकका समुदायले मकै, काँक्राजस्ता नयाँ अन्न र फल चढाउँछन् । नाक्सो (पुजारी) हरुले त्यस क्षेत्रको समुदायमा रोगव्याधी नहोस्, सुविस्ता होस्, देश परदेश जानेलाई केही नहोस् भनी पुकार्दै ती पूजा सामग्री लिब्जु र अन्य सिमे भूमेलाई चढाउने गर्छन् । ढ्वाङकुम पूजासँगै स्थानीले मादल बाँसुरी बजाएर राम्दले गीत (स्थानीय लोक भाका) गाउँछन् । संगीना नृत्य नाच्ने गर्छन् । निकै प्राचीन मानिने यो परम्परा वाम्बुले राई समुदायमा मात्र सीमित रहँदै आएको छ ।

प्रकाशित : श्रावण २७, २०७९ २२:०८
प्रतिक्रिया
पठाउनुहोस्