३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

काठमाडौंमा आदिवासी जनजातिको सांस्कृतिक र्‍याली

शब्द/तस्बिर: संजोग मानन्धर

काठमाडौँ — नेपालका आदिवासी जनजातिहरुले मंगलबार २८ औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् । काठमाडौंमा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा प्रज्ञा भवन कमलादीमा औपचारिक कार्यक्रम आयोजना गरिएको छ । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी छन् । औपचारिक कार्यक्रमअघि मध्याह्न महासंघ सम्बद्ध तामाङ, मगर, नेवार, गुरुङ, थारु, राई, लिम्बु, शेर्पालगायत जातीय संघ संस्थाले भृकुटीमण्डपबाट सांस्कृतिक र्‍याली निकालेका थिए । हरेक वर्ष अंग्रेजी पात्रोअनुसार अगस्ट ९ तारिख विश्व आदिवासी दिवस मनाउने गरिन्छ ।


प्रकाशित : श्रावण २४, २०७९ १६:००
प्रतिक्रिया
पठाउनुहोस्