कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — भक्तपुरको बोडेस्थित कमलपोखरीमा रहेको कमलको पातमा अडिएको पानीभित्र बसिरहेको भैंसे प्रजातिको भ्यागुता । तस्बिर : हेमन्त श्रेष्ठ

भक्तपुरमा बच्चाका खेलौना बिक्रीका लागि ग्राहक पर्खंदै । तस्बिर : दीपक केसी

नाग पञ्चमीको अवसरमा काठमाडौंको नागपोखरीस्थित सर्पलाई दूध चढाउँदै भक्तजन । तस्बिर : सन्जोग मानन्धर

सप्तकोसी नदीको बाढी गाउँ पसेपछि विस्थापितलाई उद्धार गरिँदै । बेलका नगरपालिका–३ धौरी टप्पुका सर्वसाधणलाई 'बोट'बाट उद्धार गर्दै सशस्त्र प्रहरी । तस्बिर : डिल्लीराम खतिवडा

मिटर ब्याज पीडितहरुको माग पूरा नभएको भन्दै बुधबारदेखि माइती घर मण्डलमा धर्नामा बसेकी नवलपरासी सरावलकी ७३ वर्षीया फेकना कोइरी । गत असारमा मिटर ब्याजमा पैसा र जग्गा कब्जा गरेका साहुलाई कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौंमा आन्दोलन थालेका थिए । तस्बिर : अंगद ढकाल

नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ मौरी खौलामा गएको पहिरोले सडक अवरुद्ध भएपछि जोखिमपूर्ण तरिकाले बाटो पार गर्न खोज्दै सर्वसाधरण । तस्बिर : रमेशकुमार पौडेल

सुधारिएका अक्षर लेखिएको उत्तर पुस्तिका देखाउँदै फिदिमस्थित नमुना माविका कक्षा ५ का विद्यार्थी । तस्बिर : लक्ष्मी गौतम


प्रकाशित : श्रावण २१, २०७९ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्