पञ्चदानको रौनक

तस्बिर : इलिट जोशी

काठमाडौँ — ललितपुरको नागबहालमा बौद्ध धर्मावलम्वीहरु पञ्चदान पर्वमा सरिक भएका छन् । बौद्ध धर्मावलम्वीहरुले शुक्रबार बज्राचार्य, चैलक (चीबहालमा चुडाकर्म गरेकाहरु) तथा शाक्यहरुलाई चामल, धान, गहुँ, सानो केराउ, नुन रोटी आदि दान गरी पञ्चदान पर्व मनाएका छन् ।

बौद्ध धर्मावलम्बीहरुले बहा, :बहीः वा आफ्नै घर आगनमा दीपंकर बुद्ध, बसुन्धरा, करुणामयका मूर्तिहरु, पौवा आदि सजाएर राखी दिनभर पञ्चदान गर्ने चलन छ । पञ्चदानको अन्त्यमा विशेष प्रकारको जामा पहिरी फुःबरे आई दिनभरि दान गरी बाँकी रहेका सबै सामाग्रीहरु ग्रहण गरेपछि पञ्चदान समापन हुन्छ । पञ्चदानमा नालाका सृष्टिकान्त लोकेश्वर, ललितपुरका पद्मपाणी लोकेश्वर, चोभारका आनन्दी लाकेश्वर र काठमाडौंका अमोघपाश लोकेश्वरका प्रतिनिधि पनि पञ्चदान ग्रहण गर्न आउने परम्परा छ ।


प्रकाशित : श्रावण २०, २०७९ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्