कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तकोसी कटान : प्रभावितको उद्धार गरिँदै

डिल्लीराम खतिवडा

उदयपुर — सप्तकोसी नदीमा पानीको बहाव बढेर कटान सुरु गरेपछि आसपासका बस्ती जोखिममा परेका छन् । अहिले सशस्त्र प्रहरीले जोखिममा रहेका परिवारलाई स्थानान्तरण गरिरहेको छ ।

प्रदेश-१ का प्रहरी प्रमुख डीआईजी सुदीप गिरीका अनुसार कटानका कारण ती बस्ती जोखिममा परेका हुन् । सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको छ ।

गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले जोखिममा रहेका बस्तीका नागरिकलाई नजिकका सार्वजनिक स्थान र आफन्तकोमा पठाउने काम गरिरहेको छ । उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास बोहोराले प्रभावित बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम भइरहेको बताए ।

कटानले सबैभन्दा बढी डुम्रिकोट र लाहुरेखोँचमा प्रभावित बनाएको प्रहरीले जनाएको छ ।


प्रकाशित : श्रावण १८, २०७९ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्

अभियान लघुवित्तको आईपीओ खुल्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — अभियान लघुवित्त वित्तीय संस्थाको बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) खुलेकाे छ । अंकित मूल्य १ सयका दरले कम्पनीले ९ लाख ७५ हजार कित्ता अर्थात ९ करोड ७५ लाख रुपैयाँ बराबरकाे आईपीओ निस्कासन गरेको हो ।

यसमध्ये १२ हजार ५ सय कित्ता कर्मचारीका लागि तथा ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँट हुनेछ । कम्पनीको आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ ।

न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आफ्नाे खाता रहेकाे (सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था) बै‌ंककाे जुनसुकै शाखा वा अनलाइन प्रणाली सीडीएससीको 'मेरो सेयर' वेबसाइट तथा एपमार्फत आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओलाई इक्रा नेपालले बीबी माइनस रेटिङ प्रदान गरेको छ । काभ्रेको पनाैतीमा मुख्य कार्यालय रहेकाे लघुवित्तले २१ जिल्लामा ६० शाखा कार्यालय संचालनमा ल्याएको छ । गत चैत मसान्तसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३३ पैसा छ ।

प्रकाशित : श्रावण १८, २०७९ १२:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×