कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पहिरोपछि नारायणगढ-मुग्लिन सडकको अवस्था [तस्बिरहरु]

रमेशकुमार पौडेल

चितवन — नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ मौरी खौलामा गएको पहिरो हटाउने क्रम नसकिएकोले अझै यातायात सञ्चालनमा आउन सकेको छैन । सोमबार राति ११ बजे गएको पहिरोका कारण मंगलबार दिनभर यातायात ठप्प रह्यो । थप पानी नपरे साँझसम्म पहिरो सफा गरिसक्ने लक्ष्य रहेको वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका डिएसपी प्रकाश श्रीमलले बताए ।

सडकभन्दा तीन सय मिटर पर पहाडै खसेको छ । पहिरोका ढुंगाहरू खोल्सो हुँदै सडकमा आएर थुप्रिएको श्रीमलले बताए । डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर शिव खनालले पानी परे आज पहिरो हटाइसक्न गाह्रो पर्ने बताए । दिउँसोदेखि पानी पर्न रोकिएको छ । सडक सञ्चालनमा नआउँदा यात्रुहरू पैदलै बाटो पार गरिरहेका छन् ।


प्रकाशित : श्रावण १७, २०७९ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्