कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आरती हेर्न पशुपति पुगे ओली

तस्बिर : दीपक केसी

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिएको सन्ध्याकालीन आरतीमा सहभागी भएका छन् । वाग्मती गंगा आरती सेवा समितिको आयोजनामा गरिएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा एमाले अध्यक्ष ओली पशुपतिमा सहभागी भएका हुन् ।

वेदको मन्त्रोचारणबाट सुरु भएको कार्यक्रमा एमाले अध्यक्ष ओलीलाई रामनामी ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता ओलीले यस कार्यक्रमले संस्कृति र सभ्यतालाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

'नेपालका जनताका लागि मात्रै होइन विश्व शान्ति, समृद्धि र उन्नतिको सोचका साथ आरतीको आयोजना भएको हो ।हाम्रो संस्कृति, सभ्यतालाई अघि बढाउने र परिचित गराउने सन्दर्भमा यसलाई कहिल्यै बिर्सन मिल्दै । त्यसलाई चिरस्थायी बनाउने सन्दर्भमा सुरु गरिएको काम आज १५ वर्ष पूरा भएको छ,' ओलीले भनेका थिए ।

कार्यक्रममा ओलीले आरती सञ्चालन गर्न सहयोग गर्नेहरूलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रकाशित : श्रावण १६, २०७९ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्