काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिएको सन्ध्याकालीन आरतीमा सहभागी भएका छन् । वाग्मती गंगा आरती सेवा समितिको आयोजनामा गरिएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा एमाले अध्यक्ष ओली पशुपतिमा सहभागी भएका हुन् ।
वेदको मन्त्रोचारणबाट सुरु भएको कार्यक्रमा एमाले अध्यक्ष ओलीलाई रामनामी ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता ओलीले यस कार्यक्रमले संस्कृति र सभ्यतालाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

