कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बोडेको कमलपोखरीमा भैंसे भ्यागुतो

तस्बिर : हेमन्त श्रेष्ठ, गोविन्द पोखरेल

काठमाडौँ — भक्तपुरको मध्यपुर थिमि नगरपालिका-८ बोडेस्थित पलिस्वाँ:पुखु अर्थात् कमल पोखरीभरी भ्यागुता छन् । पोखरीभित्रका कमलका फूलका पातमाथि भ्यागुताहरू उफ्रिरहेका छन् ।

यो भैंसे प्रजातिको भ्यागुता हो । प्राध्यापक करनबहादुर शाहले लेखेको नेपालका सरिसृप तथा उभयचर पुस्तकमा चाहिँ यसको नाम टिक–टिके पाहा, ढोलबाजे पाहा दिइएको छ ।

नेपालका पछिल्ला अध्ययनमा नेपालमा पाइनेमध्ये ३८ प्रजातिको उभयचर प्रजातिबारे सन् २०२१मा जनकराज खतिवडाको एसियन हर्पिटोलोजिकल रिसर्च जर्नलमा प्रकाशित आलेखमा ३७ प्रजातिका भ्यागुताको बारेमा विस्तृत विवरण उल्लेख छ । पहिला यसलाई ‘इयूफ्लाइटिक्स साइनोफ्लाक्टिस’ प्रजाति भनिने गरिएपछि खतिवडाले डीएनए अध्ययन गर्दा यो प्रजाति ‘इयूफ्लाइटिक्स कालासग्रामेन्सी’ रहेको पत्ता लागेको हो । यो भ्यागुताको जेनस एउटै भए पनि फरक प्रजाति भएको उनको अनुसन्धानमा उल्लेख छ ।

यो प्रजातिको भालेको पोथी ४१ देखि ६२ मिलिमिटरको हुन्छ । भाले पोथीभन्दा केही सानो हुन्छ । भालेको आकार ३० देखि ४५ एमएमको हुन्छ । यो प्रजाति विशेष गरेर जमेको पानी, खेतबारी वा खाल्डोमा पाइने गर्छ । २५ सय मिटरभन्दा तल नेपालका अधिकांश ठाउँमा यो प्रजाति पाइने अनुसन्धानमा उल्लेख छ ।

यो प्रजाति आईयूसीएनको खतराको सूचीमा छैन । औसतमा यसको तौल ८ ग्राम । राति सक्रिय हुने यो भ्यागुता पाकिस्तानमा सन् २०२०मा पहिलो पटक अभिलेख गरिएको थियो । वागस अलीको सन् २०२०मा प्रकासित यो प्रजातिसम्बन्धी आलेखमा प्रजनन् गर्ने समय मार्च महिनादेखि सेप्टेम्बरसम्म हुने गर्छ ।

उनको अनुसन्धान अनुसार यो प्रजातिको भ्यागुता प्रजनन् गर्नका लागि भालेहरु एक ठाउँमा भेला हुन्छन् । तीमध्ये एउटा हट्टाकट्टालाई पोथीले रोज्छे । पोथीले रोजेपछि भाले बुरुक्क उफ्रिएर टाँसिन्छ जसलाई ‘एमप्लेक्सस’ भनिन्छ । एमप्लेक्सस भएका भ्यागुता त्यहाँबाट जुन टासिएर कुनै सानो पोखरी वटा जमेको पानीमा गएर फुल पार्छ । यो प्रजातिको भ्यागुताको थुतुनो चुच्चो हुने गर्छ । साना किरा, माछाका भुर्रालगायत अन्य स–साना जीवहरु खाएर यो बाँच्छ ।


प्रकाशित : श्रावण १६, २०७९ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्