कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

अर्थमन्त्रीमा शर्माको पुन: नियुक्तिको विरोधमा प्रदर्शन

'अर्थमन्त्रीमाथिको छानबिनमा सरकार र प्रतिपक्षको भ्रष्ट नियत देखियो'
तस्बिर : केशव थापा

काठमाडौँ — सरकार र राजनीतिक दलहरू जनताप्रति उत्तरदायी नभएको भन्दै काठमाडौंमा नेपाली कांग्रेसनिकट युथ कंग्रेस समूहले प्रदर्शन गरेको छ । उक्त समूहले नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन गरेको हो ।

संसद् भवनअगाडि निषेधित क्षेत्रमा समेत उनीहरूले प्रदर्शन गरेका थिए । विशेषगरी विवादास्पद प्रकरणमा मुछिएका जनार्दन शर्मालाई पुन: अर्थमन्त्रीमा नियुक्त गरिएको भन्दै उक्त समूहले प्रदर्शन गरेको हो । करिब २५ जना जतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रमुख प्रतिपक्ष दल पनि सशक्त रूपमा नउभिएको उनीहरूको भनाइ छ । 'एमालेको स्वार्थ करायो, प्रतिपक्ष हरायो' नारासहितको ब्यानर लिएर उनीहरू प्रदर्शनमा उत्रिएका थिए । अर्थमन्त्री शर्मामाथिको छानबिनमा सरकार र प्रतिपक्षको भ्रष्ट नियत देखिएको उनीहरूले आरोप लगाएका छन् ।


प्रकाशित : श्रावण १६, २०७९ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्