पाटनमा देखाइयो 'मिप्वा लाखे' नाच [तस्बिरहरू]

तस्बिर : हेमन्त श्रेष्ठ

ललितपुर — ललितपुर पाटनस्थित सौग:मा बिहीबार मिप्वा लाखे नाच प्रस्तुत गरिएको छ । ‘यल लायकु मिप्वा लाखे पुचः (नाच)' संस्थाको आयोजनामा उक्त नाच देखाइएको हो । यो नाच २०७४ बाट पुन: सुरु भएको हो । यो नाँच घण्टाकर्णदेखि सुरु भई पाटनका विभिन्न स्थानमा परिक्रमा गरी पाँच दिनमा समापन हुने चलन रहेको अध्यक्ष उत्तमरत्न शाक्य बताए ।


प्रकाशित : श्रावण १२, २०७९ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्

बकर इद मनाइयो

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — आज मुस्लिम समुदायहरूको बकर इद धुमधामका साथ मनाएका छन् । बकर इदको दिन नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा इस्लाम धर्मावलम्बीको निकै नै चहलपहल बढेको छ । रमजान पर्वको ७० औं दिनमा मनाइने मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदमा बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गइ सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गर्ने गर्छन् । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् । बकर ईद (ईद उल अजहा) को अवसरमा आज सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ ।


प्रकाशित : असार २६, २०७९ १०:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×