आहा ! सारस

तस्बिर : मनोज पौडेल

काठमाडौँ — उड्न सक्नेमध्ये सबैभन्दा अग्लो पंक्षी सारसको ठूलो संख्यामा बथान नै देखिएको छ । मायादेवी गाउँपालिका–४, तुल्सीडिहवा आसपास २ सयको संख्यामा देखिएको हो ।

‘विश्वमै दुर्लभ सारसको बथानै देखेपछि गाडी रोकेर गने,’ तिलौराकोट साझेदारी वन व्यवस्थापक समिति अध्यक्ष जयप्रकाश पाण्डेले भने, ‘२ सय ५ पुग्यो ।’ बथानै सारस देखेपछि रमाए । ८/१० वटा झुण्ड बनाएर बसेका थिए । तुल्सीडिहवामा ताल र प्राकृतिक सीमसार राम्रो र धेरै छन् । त्यही भएर बसेका हुन् ।

‘सारस एकै ठाउँमा बथानै देखिनु राम्रो हो,’ वरिष्ठ चराविद् डा. हेमसागर बरालले भने, ‘यसले त्यस क्षेत्रको जैविक विविधता संरक्षण रहेको मानिन्छ ।’ यसले पारिस्थितिक प्रणाली पनि राम्रो रहेको देखाउँछ । त्यसले उक्त क्षेत्र आसपास बालीनाली उत्पादन बढाउँछ । ‘मौसमका हिसाबले जुन/जुलाई प्रि–ब्रिडिङ (पोथीमा भाले लाग्ने) महिना भएकाले धेरै सारस एकै ठाउँमा जम्मा हुने गर्दछन् । सल्लाह गरेर सुरक्षित ठाउँ छनोट गर्छन्,’ उनले भने ।


प्रकाशित : श्रावण ३, २०७९ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्