१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

देउवाविरुद्ध सानेपामा प्रदर्शन [तस्बिरहरू]

तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकअघि नेता शेखर कोइराला पक्षका तरुण र विद्यार्थीहरुले नाराबाजी गरेका छन् । उनीहरुले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्व विभिन्न नाराहरु लेखिएका प्ले-कार्डसहित प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले प्रधानमन्त्री देउवाको गाडीलाई कांग्रेस कार्यालय परिसर प्रवेशमा अवरोध पुर्‍याएपछि प्रहरीसँग धकेलाधकेल भएको छ । तरुण र विद्यार्थीहरुले भ्रातृ संस्थामा एकलौटी नियुक्ति गरेको तथा अध्यक्षमात्रै नियुक्त गरेर अपूरो बनाएको, महाधिवेशन सकिएको छ महिना बितिसक्दा पनि पार्टीका विभागहरु गठन नगरेको तथा विधानबमोजिमका अन्य कामहरु पूरा नगरेको भन्दै विरोध गरेका छन् ।

सभापति देउवाले चैतपछि सोमबार स्थानीय निर्वाचनको परिणाम र चुनावी गठबन्धनबारे छलफल गर्न भन्दै केन्द्रीय कार्य समितिको बैठक बोलाएका छन् । पार्टीमा देउवाको कार्यशैलीबारे विरोध जनाउँदै आएको कोइराला समूहले केन्द्रीय समिति बैठकमा कडारुपमा प्रस्तुत हुने जनाएको छ ।


प्रकाशित : असार २७, २०७९ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्