यसरी गनिँदैछ लुम्बिनीको भेटी

मनोज पौडेल

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर र अशोक स्तम्भमा रहेको दानपेटिकाको रकम गणना भइरहेको छ । लुम्बिनी विकास कोष सुरक्षा शाखा प्रमुख खगेन्द्र काफ्लेको नेतृत्वमा सुरक्षाकर्मी, नगरपालिकाका प्रतिनिधि र कोष कर्मचारीहरू सहभागी भई दान पेटिकामा संकलन भएको रकम गन्न सुरु गरिएको हो । 

चैतयता संकलन भएको रकम ३ दिनदेखि गणना भइरहेको सुरक्षा शाखा प्रमुख काफ्लेले बताए । आइतबार ६ लाख ५२ हजार र सोमबार ८ लाख ४९ हजार रुपैयाँ गणना गरिएको छ । मंगलबारको गणना भने भइरहेको छ । चैत महिनायताको ४ वटा दानपेटिकाको रकम अहिले गणना गरिँदै छ । गणना सोमबार सकिने बताइएको छ ।


प्रकाशित : असार २१, २०७९ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्