कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हतारोमा मध्यभोटेकोसी आयोजना

अनिश तिवारी

सिन्धुपाल्चोक — भोटेकोसी नदी क्षेत्रमा निर्माणाधीन बहुप्रतिक्षित १०२ मेगावाट क्षमताको लक्ष्य बोकेको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको बाँधस्थल, सुरुङ र विद्युत् गृहको कामले तीव्रता पाएको छ । यसअघि टेप प्रकरण, कमसल काम, स्थानीय विवाद र विपद्ले अवरुद्ध बन्दै आएको बाह्रबिसे नगरपालिका-५ गाती जम्बुस्थित बनिरहेको यो आयोजना केही समय ठप्प पनि भयो । 

निर्धारित अवधिभन्दा बढी समय थपिए पनि आयोजनाको अधिकांश संरचनाको २० प्रतिशत काम मात्रै बाँकी भएको आयोजनाले जनाएको छ । भोटेकोसी गाउँपालिकाको मार्मिङस्थित चाकु बजारमा भोटेकोसी नदी थुनेर १० मिटर अग्लो बाँधस्थलसँगै करिब ७ दशमलव १ किलोमिटर सुरुङ बनाउने लक्ष्य राखिएको थियो । 

अडिट एक, दुई र तीनमध्ये अधिकांश संरचनाको काम भएको छ, विद्युत् गृहको पर्खाल संरचनाको काम धमाधम भइरहेको छ । मध्यभोटेकोसीको चिनियाँ ग्वान्सी हाइड्रोले झन्डै ८ अर्बमा सुरुङ र पावरहाउस निर्माणको ठेक्का लिएको थियो  । १ जनवरी २०१४ बाट सुरु भएको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको काम वर्षैपिच्छे प्राकृतिक विपत्तिका कारण रोकिँदै आएको छ । 

प्रकाशित : असार २०, २०७९ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्