१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

संयुक्त राष्ट्रसंघीय कार्यालय अघि शरणार्थीहरुको प्रदर्शन

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — विभिन्न देशबाट विस्थापित भई नेपालमा शरण लिएकारूले प्रदर्शनलाई जारी राखेका छन् । ललितपुरको पुल्चोकस्थित शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको नेपाल कार्यालय बाहिर विभिन्न देशका सहरी शरणार्थीहरुले सोमबार प्रदर्शन गरेका हुन् । आफूहरुको मौलिक हक, आधारभूत आवश्यकता समाधानको मागसहितका प्लेकार्ड बोकेर उनीहरु धर्नामा उभिएका थिए । नेपाल सरकारले शरणार्थीको हैसियत नदिने र कामजस्ता आधारभूत अधिकारको प्रयोग गर्न नसकेको उनीहरुको गुनासो छ । युएनएचसीआरले मासिक रुपमा दिँदै आएको आर्थिक सहयोग पनि बन्द गरेपछि आफूहरु आर्थिक समस्यामा परेको बताउँदै उनीहरुले एघार बुँदे माग राखेका छन् ।


प्रकाशित : असार २०, २०७९ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्