१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता ईकान्तिपुरमा असार १५ को धान दिवस, काठमाडौंमा रोहिंग्या शरणार्थीहरूको प्रदर्शन, पुल नहुँदा जोखिम मोलेर खोला तर्न बाध्य विद्यार्थीलगायतका तस्बिरले प्राथमिकता पाएका छन् । गोरखाको पालुङटार नगरपालिका–९ को धर्मोदय माध्यमिक विद्यालयका विद्यार्थी सोमबार खारखोलाको भेल तरेर विद्यालयबाट फर्कंदै[पहिलो तस्बिर] । तस्बिर : हरिराम उप्रेती/कान्तिपुर

पोखरा पर्यटन परिषद्ले बुधबार हेम्जाको माइस्थान फाँटमा गरेको १७ औं असारे रोपाइँ महोत्सव तथा दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सवमा रमाउँदै पर्यटक । तस्बिर : दीपक परियार/कान्तिपुर

असार १५ लागि भक्तपुरको सैंजु जुजु धौं भण्डारमा जुजु धौं तयार पारिँदै । तस्बिर : इलिट जोशी/कान्तिपुर

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रिय उच्चआयोगको नेपालस्थित कार्यालय अगाडि विभिन्न मागसहित प्रदर्शनमा उत्रिएका रोहिंग्या शरणार्थी । तस्बिर : प्रकाशचन्द्र तिमल्सेना/कान्तिपुर

नक्सालस्थित बाल मन्दिर परिसरमा काटिएका सल्लाका बूढा–पुराना रुख । तस्बिर : सन्जोग मानन्धर/कान्तिपुर

स्वयम्भू परिसरमा बिहानको समयमा शारीरिक व्यायाम गर्दै स्थानीय । तस्बिर : दीपक केसी/कान्तिपुर

सिन्धुलीस्थित सुनकोसी मरिण डाइभर्सनमा सुरुङ खन्ने तयारी गरिँदै । तस्बिर : राजकुमार कार्की/कान्तिपुर


प्रकाशित : असार १८, २०७९ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्