कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

घर फर्किँदै झापाका डुबान पीडित

पर्वत पोर्तेल

झापा — बुधबार दिउँसोदेखि वर्षा कम हुन थालेपछि झापाका विभिन्न स्थानबाट विस्थापित भएका डुबान पीडितहरू घर फर्किन थालेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार प्रभावितमध्ये एक सयभन्दा धेरै परिवार आआफ्नो घर फर्किएका छन्। एसपी विश्वमणि पोख्रेलले वर्षा कम भइ नदीको बाढीसमेत घटेका कारण विस्थापितहरू घर फर्किन थालेको बताए।

धेरैजसो पीडित भने अझै नजिकैको विद्यालय, धर्मशाला र मन्दिरहरुमा आश्रित छन्। आश्रितहरूलाई नेपाल रेडक्रस सोसाइटी र विपद्‍ व्यवस्थापन समितिले विभिन्न राहत वितरण गरेको छ। रेडक्रसले बुधबार र गौरीगन्ज १ का ५० बढी विस्थापित परिवारहरूको लागि ६० थान त्रिपाल र ६० थान हाईजिन किट वितरण गरेको छ । जिल्लास्थित सुरक्षा निकाय, राजनीतिक दल तथा जनप्रतिनिधिहरूको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।

प्रकाशित : असार १५, २०७९ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्